मानब अधिकार तथा शान्ति समाज रुपन्देहीले गर्यो बुटवलमा बिरोध प्रदर्शन

by समतल अनलाइन

बुटवल । अन्तराष्ट्रिय मानवअधिकार दिवसको अवसरमा मानब अधिकार तथा शान्ति समाज रुपन्देही साखाले बुटवलमा बिरोध प्रदर्शन गरेको छ । नेपाली भुमिमाथि भारतीय अतिक्रमणको बिरोधमा समाजले प्रदर्शन गरेको हो ।

बुटवलको अस्पताललाइनमा भएको बिरोध सभामा नेपाली कांग्रेसका नेता युबराज गिरि, बामपंथी बुद्धिजीवी बालकृष्ण चापागाईं , समाजका बरिस्ठ उपसभापति गोबिन्द खनाल , केन्द्रीय सदस्य कृष्ण पङेनी लगायतले बोल्दै भारतले अतिक्रमण गरेको नेपाली भूभाग फिर्ता गराउन तत्काल कुटनीतिक पहल गर्नुपर्नेमा जोड दिएका थिए ।

समाजका रुपन्देही सभापती डिपी खनालको सभापतित्वमा सम्पन्न कार्यक्रममा सचिव अर्जुन ज्ञवालीको सञ्चालनमा सम्पन्न भएको थियो ।

 
 
  
 

You may also like