चितवनले टस जित्यो, सुदूरपश्चिमले पहिला ब्याटिंग गर्दै

by समतल अनलाइन
52Shares

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले सुदूरपश्चिम रोयल्सविरुद्ध टस जितेको छ ।

चितवनका कप्तान कुशल मल्लले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका छन् । योसँगै सुदूरपश्चिमले पहिला ब्याटिंग गर्ने भएको छ ।

जारी एनपीएलमा सुदूरपश्चिम रोयल्स अपराजित रहेको छ । सुदूरपश्चिमले ५ खेलमा १० अंक हासिल गर्दै शिर्ष स्थानमा रहेको छ र प्लेअफमा पुगिसकेको छ । त्यस्तै चितवनको भने ५ खेलमा ४ अंक रहेको छ र हाल छैटौं स्थानमा रहेको छ ।

You may also like

This will close in 0 seconds