काठमान्डौ।भारतको केन्द्रीय बैंकले नेपालमा ठूला भारतीय रुपैयाँ (भारु) नोट प्रयोगमाथि लगाएको प्रतिबन्ध हटाउँदै व्यवस्थालाई उल्लेखनीय रूपले सहज बनाएको छ । भारतीय रिजर्भ बैंक (आरबीआई) ले ‘विदेशी मुद्रा प्रबन्ध ९करेन्सी निर्यात तथा आयात० संशोधित विनियमावली–२०२५’ जारी गर्दै नेरु–भारु आवागमनसम्बन्धी पूर्व व्यवस्था परिमार्जन गरेको हो ।
संशोधित प्रावधानअनुसार अब भारतबाहिर नेपाल र भुटानमा भारतीय मुद्रा तथा आरबीआईका नोटहरू ( १०० रुपैयाँभन्दा माथिका उच्च मूल्यका नोट) बाहेक लैजान र ल्याउन अनुमति दिइनेछ ।
यसका साथै, नेपाल वा भुटान यात्रामा जाने भारतीय वा अन्य विदेशी नागरिकले १०० रुपैयाँभन्दा माथिका नोटसमेत २५ हजार भारुसम्म लैजान पाउने व्यवस्था गरिएको छ ।
यस्तै, नेपाल वा भुटानबाट भारत फर्किने यात्रुले पनि १०० रुपैयाँभन्दा माथिका भारतीय नोट २५ हजार भारुसम्म लैजान सक्नेछन् । नेपाल–भुटानका मुद्राहरू समेत यी दुवै देशभित्र ल्याउन–लैजान सहज बनाइएको छ ।
तर, पाकिस्तान र बंगलादेशका नागरिकका लागि भने यो सुविधा उपलब्ध गराइएको छैन ।
यसअघि नेपालमा ठूला भारतीय नोटको कारोबारमा कडाइ थियो । अब नेपाल राष्ट्र बैंकले समन्वयात्मक व्यवस्था लागू गरेपछि यो निर्णय कार्यान्वयनमा आउनेछ, जसका कारण भारत–नेपाल आवागमन गर्ने पर्यटक तथा श्रमिकले प्रत्यक्ष लाभ पाउने अपेक्षा गरिएको छ ।



