गायक प्रकाश गौतमको नयाँ गीत ‘बर्बाद हुनलाई’ सार्वजनिक

by समतल अनलाइन
Shares

बुटवल।गायक प्रकाश गौतमको नयाँ गीत ‘बर्बाद हुनलाई’ सार्वजनिक भएको छ। प्रकाश गौतम अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतमा गायक स्वयं प्रकाश गौतम र मोडल अमृता पुन मगरको अभिनय देख्न सकिन्छ।

गीतमा शब्द र स्वर गायक गौतमकै रहेको छ भने संगीत सुर्य कुमार परियारले भरेका छन्। दीपक सुनारको कथा र निर्देशनमा तयार पारिएको भिडियोलाई विजय लामाले छायांकन गरेका हुन्।

को हुन् गायक प्रकाश गौतम?

गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका–८, तुराङ दाङसिङमा जन्मिएका प्रकाश गौतम बाल्यकालदेखि नै गीत–संगीतमा रुचि राख्थे। तर, औपचारिक रूपमा भने उनी २०७२ सालदेखि नेपाली संगीत क्षेत्रमा सक्रिय भएका हुन्।

उनको पहिलो गीत ‘सम्झना मनैमा’ मा काजल जोशी र सबिना बुढामगरले स्वर दिएका थिए। ‘पात बजाउँदै’ र ‘सुन त ओइ सानी’ शीर्षकका उनका नयाँ गीतहरू पनि छिट्टै सार्वजनिक हुने उनले जानकारी दिए।

चन्द्रकोटस्थित ज्ञानोदय माध्यमिक विद्यालयबाट माध्यमिक तहको अध्ययन पूरा गरेका गौतम हाल गीत–संगीतको क्षेत्रमा सक्रिय रहन काठमाडौंमा बसोबास गरिरहेका छन्। उनले आफ्नो संगीत यात्रा म्यादी दोहोरी साँझबाट सुरु गरेका थिए। अहिले उनी गीत लेखन, गायन, संगीत संयोजन र अभिनयसमेतमा सक्रिय छन्।भिडियो :

You may also like