गुल्मीमा तीजका लागि माइती जाँदै गर्दा निस्ती खोलाले बगाएकी कल्पना मृत फेला

by समतल अनलाइन
30Shares

गुल्मी।स्थानीय निस्ती खोलाले बगाएर बेपत्ता भएकी मुसिकोट नगरपालिका–५ की २९ वर्षीया कल्पना पुनको शव फेला परेको छ ।

उनको शव घटनास्थलभन्दा करिब एक किलोमिटर टाढा ठूला पहिरामा खोलाको बीचमा अड्किएको अवस्थामा आज फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकरी एवं प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए ।

गत आइतबार साँझ घरबाट इश्मा गाउँपालिका–४ हुलास्थित तीजमा माइतीघर जाने क्रममा स्थानीय खोला तर्दै गर्दा श्रीमती पुनलाइ बगाएको थियो ।

घटनाबारे तत्कालै स्थानीयले जानकारी गराएपछि प्रहरी चौकी इश्मा र प्रहरी चौकी पौदीअमराईबाट प्रहरी टोली खोज तथा उद्धारका लागि खटिएको थियो ।

खोजतलासको क्रममा आइतबार राति खोला किनारमा पुनले लगाएको कपडा, ह्यान्डब्याग र चप्पल मात्र फेला परेको थियो । उक्त शवलाई पोष्ट मार्टमका लागि गुल्मी अस्पताल तम्घास ल्याइएको प्रहरीले जनाएको छ ।

You may also like