रास्वपा सांसदले प्रधानमन्त्री राहत कोषमा थप १५ हजार योगदान गर्ने

by समतल अनलाइन
25Shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले प्रधानमन्त्री राहत कोषमा व्यक्तिगत रूपमा थप जनही १५ हजार रुपैयाँ योगदान गर्ने भएका छन्।

रास्वपाका संसदीय दलका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीका अनुसार यसअघि नै पार्टीका तर्फबाट प्रधानमन्त्री राहत कोषमा ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय भइसकेको छ। उक्त रकममा पार्टीका सांसदहरूको मासिक लेवीसमेत समावेश गरिएको थियो।

त्यस अतिरिक्त सांसदहरूले व्यक्तिगत रूपमा पनि राहत रकम उपलब्ध गराउने स्वघोषणा गरेका छन्। उनीहरूले न्यूनतम १५ हजार रुपैयाँका दरले सहयोग गर्दा करिब २७ लाख १५ हजार रुपैयाँ थप रकम राहत कोषमा जम्मा हुने बुर्लाकोटीले जानकारी दिए।

यससँगै रास्वपाका तर्फबाट प्रधानमन्त्री राहत कोषमा जाने कुल सहयोग रकम थप बढ्ने भएको छ।

You may also like