चौथो शुद्धोधन शैक्षिक खेलकुद महोत्सव तथा अध्यक्ष कप सुरु

by समतल अनलाइन
Shares

शुद्वोधन। शुद्धोधन गाउँपालिकामा चौथो शुद्धोधन शैक्षिक खेलकुद महोत्सव तथा अध्यक्ष कप आजबाट सुरु भएको छ।

माघ २९ गतेदेखि फागुन २ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा गाउँपालिका भित्रका सामुदायिक तथा निजी विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको छ।

प्रतियोगितामा फुटसल, भलिबल, दौड लगायतका खेलहरू समावेश गरिएका छन्।

शुद्धोधन गाउँपालिकाका अध्यक्ष विष्णु प्रसाद बस्यालले प्रतियोगिताको उद्घाटन गर्दै खेलकुदको महत्व उल्लेख गर्दै निरंतरता दिनुपर्ने बताए। साथै, उनले सहभागी विद्यार्थीहरूलाई हौसला प्रदान गरे।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु बहादुर घर्तीले शुद्धोधनलाई खेलकुदका माध्यमबाट चिनाउन सफल भएकोमा खुशी व्यक्त गरे।

सामाजिक विकास समिति संयोजक एवं वडा- ४ का वडाध्यक्ष केशव अधिकारीले भौतिक विकाससँगै सामाजिक विकासलाई पनि प्राथमिकता दिँदै खेलकुद क्षेत्रका प्रतिभालाई अगाडि ल्याई उनीहरूका लागि आयआर्जनको अवसर सिर्जना गर्नुपर्ने बताए।

शुद्धोधन गाउँपालिका-५ का वडाध्यक्ष चन्द्रभान चौधरीले यस्तो प्रतियोगिता विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि महत्वपूर्ण हुने बताए।

You may also like

This will close in 0 seconds