बुटवल ।” जहाँ दुख्छ त्यहा पहिलो पाइला नेपाल पुग्छ ” भन्ने भनाइका साथ पहिलो पाइला नेपाल को बिपतको साथी पहिलो पाइला अभियान अन्तर्गत जाजरकोट र रुकुम पश्चिममा गएको बिनाशकारी भूकम्पमा परेका पीडितहरुको लागि पहिलो पाइला नेपाल बुद्दभुमी शाखाको आयोजना र पहिलो पाइला नेपाल प्रस्तावित बाणगंगा शाखाको सह- आयोजनामा करिब रु. ३०,०००|- ( तीस हजार रुपैयाँ ) बराबरको आवश्यक सामाग्री हरु सम्बन्धित निकाय लाई हस्तान्तरण गरि सहयोग गरेको छ ।
यसैगरी विभिन्न समय मा विभिन्न विभिन्न अभियान हरु जस्तै पहिलो पाइला नेपाल शिक्षा अभियान अन्तर्गत भाग्य बोक्ने झोला अभियान , पहिलो पाइला नेपाल आकस्मिक रक्तदान अभियान , पहिलो पाइला नेपाल न्यानो माया अभियान , पहिलो पाइला नेपाल १ रुपैयाँ अभियान हरु , मार्फत विभिन्न जिल्ला का समुदायहरु सहयोग गर्दै आएको यस सस्था का सचिब रुद्र पौडेल ज्यु ले जानकारी गराउनु भएको छ ।