मोटरसाइकल एकआपसमा ठोक्किँदा दुईजनाको मृत्यु

by समतल अनलाइन
110Shares

धनगढी।कैलालीको लम्कीमा विंगर र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्गस्थित कैलालीको लम्कीचुहा–७ गुलारामा मंगलबार साँझ सुपप्र ०१००१ ज १४२१ नम्बरको यात्रुबहाक गाडी र सुपप्र ०१०१३ प ५४३९ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुबैको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

दुर्घटनामा मृत्य हुनेमा मोटरसाइकलमा सवार लम्कीचुहा नगरपालिका–८ बस्ने ३३ वर्षीय गगन राना र २४ वर्षीय पुष्प सुनार छन् ।

गम्भीर घाइते अवस्थामा दुवैलाई अस्पताल लगिएको थियो ।बर्दगोरिया अस्पतालमा चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी योगेन्द्र तिम्लसिनाले बताए ।

You may also like