सामुदायिक स्वास्थ्य इकाइको नबनिर्मित भवन उद्घाटन

Shares

तारा कंडेल
गुल्मी। गुल्मीदरबार गाउँपालिका चिनियापोखरि सामुदायिक स्वास्थ्य इकाइको नबनिर्मित भबनको शुक्रबार एक औपचारिक कार्यक्रमको बिचमा गाउपालिका अध्यक्ष अशोक कुमार थापा उद्घाटनले गरेका थिए । कार्यक्रम उद्घाटन गर्दै गुल्मि दरबार गाउपालिकामा स्वास्थ्य सेवाको पहुच गाउटोल सम्म पुर्याउन सामुदायिक इकाइहरुको बिस्तार गरिरहेको अध्यक्ष थापाले बताए । गुल्मिदरबार गाउपालिका वार्ड न ६ का वडा अध्यक्ष हिरा बहादुर खत्रीको अध्यक्षता र गाउपालिकाका अध्यक्ष अशोक कुमार थापाको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रम को सहजिकरण स्वास्थ्य शाखा संयोजक नारायण प्रसाद अर्यालले गरेका हुन् । कार्यक्रमको सहजिकरण गर्दै अर्यालले इकाइ स्थापना गर्दा सहयोग गर्ने अग्रज हरुलाइ स्मरण गर्दै इकाइले प्रबाह गर्ने सेवाहरु , गुणस्तरिय सेवा प्रबाह , सेवा प्रदायक र सेवाग्राहिले ध्यान दिनुपर्ने बिषयहरु लगायत का कुराहरु बताएकी थिइन् ।

जनप्रतिनिधी,कर्मचारी, पत्रकार,महिला स्वास्थ्य स्वमसेबिका र सुनौलो १००० दिनका महिला र बच्चाहरु को उपस्थिति रहेको थियो । कार्यक्रममा दरबार देबिस्थान स्वास्थ्य चौकीकि अ.न.मि सुमन पन्थी, कार्यपालिका सदस्य सोनुदेबि कार्की , महिला स्वास्थ्य स्वमसेबिका मिना पौड्याल लगायतले शुभकामना मन्तब्य राखेका थिए | चिनिया पोखरी सामुदायिक स्वास्थ्य इकाइ कि अ. न. मि. मनिषा थापाले स्वागत गरेकी थिइन् भने कार्यक्रमको सन्चालन स्वास्थ्य इकाइ प्रमुख सरस्वति कंडेलको रहेको थियो।

You may also like