नेपाली कांग्रेसको १५औँ महाधिवेशन केही दिन सर्ने तयारी

by समतल अनलाइन
34Shares

नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन केही दिन पछि सार्ने तयारी भएको छ। असोज १६ देखि १९ गतेसम्म गर्ने तय भएको महाधिवेशन निर्धारित मितिमा सम्पन्न गर्न कठिनाइ देखिएपछि नयाँ मिति तय गर्न लागिएको हो।

पार्टी स्रोतका अनुसार असोज २१ गतेअघि महाधिवेशन गर्न सम्भव देखिएको छैन। नयाँ मितिबारे सोमबार नै निर्णयमा पुग्ने तयारी भइरहेको स्रोतले जनाएको छ।

कांग्रेस प्रवक्ता देवराज चालिसेले बाढी, पहिरोलगायत प्राकृतिक विपत्तिका कारण महाधिवेशनको तयारी तथा प्रक्रिया प्रभावित भएको बताएका छन्। यद्यपि, महाधिवेशन सार्ने वा निर्धारित मितिमै गर्ने भन्ने विषयमा औपचारिक निर्णय भइनसकेको उनको भनाइ छ।

कांग्रेसका एक पदाधिकारीले भने असोज १६ गतेदेखि महाधिवेशन सुरु गर्न कुनै पनि हालतमा सम्भव नरहेको बताएका छन्।

महाधिवेशन सार्ने विषयमा औपचारिक निर्णय भएपछि नयाँ मिति सार्वजनिक गरिने तयारी छ।

यसअघि कांग्रेसले असोज १६ देखि १९ गतेसम्म १५औँ केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो। पार्टीको केन्द्रीय निर्वाचन समितिले समेत पछिल्लो सूचनामार्फत सोही मितिमा महाधिवेशन हुने जनाएको थियो।

You may also like