जापानमा शक्तिशाली आँधी, कम्तिमा पनि पाँचको मृत्यु

by समतल अनलाइन
179Shares

काठमाडौं । निबार साँझ जापानमा शक्तिशाली समुद्री आँधी आएको छ। साँझ सात बजे आएको हागिबिस नामक समुन्द्री आँधीका कारण जापनको जनजीवन प्रभावित भएको छ।

टोकियोबाट दक्षिण–पश्चिमतिर बहेको आँधी इजु प्रायद्विपको भूमिमा ठोक्किएपछि विनास निम्तिएको स्थानीय सञ्चार माध्यमले जनाएका छन्।

आँधीले ठूलो वर्षा गराउनुका साथै तीव्र गतिमा हावा चलेको छ। हागिबिस आँधी ६० वर्ष यताकै शक्तिशाली र बिनासकारी रहेको अधिकारीहरुले बताएका छन्।

Comments

You may also like