बुटवल। सामाजिक कार्यमा कृयाशिल एक युवाले आफ्नो २२ औ जन्मदिन पृथक कार्यक्रम गरि मनाएका छन । बिरामिलाई फलफूलको सट्टा नगदि खाम भन्ने अभियानलाई सार्थकता तुल्याउदै सोमबार लुम्बिनी प्रादेशिक अस्पतालमा रहेका बिरामिलाई नगदी खाम बितरण गरि आफ्नो जन्मदिन मनाएका हुन।
उनी पहिलो पाइला नेपाल बुटवल शाखाका सकृय सदस्य समेत हुन। पहिलो पाइला नेपाल बुटवल शाखाका अध्यक्ष आयुष पौडेलको अध्यक्षता, नगदी अभियानका प्रमुख अभियान्ता मुक्ति राज पौडेल, बिदुर पौडेल, बुटवल तिनाऊ सरसफाई अभियानका ससंयोजक ठाकुर गैरे, कृष्ण कँडेल,कृष्ण पाण्डे , लगायतको आथित्यतामा भएको कार्यक्रमको समयोजकत्व जन्मदिन सम्योजक शालिकराम भुषालले गर्नुभएको थियो भने कार्यक्रमको सन्चालन शाखा सचिव पारस मरासिनिले गर्नु भएको थियो। कार्यक्रममा शुभकामना दिदै बिदुर पौडेलले परिवर्तन सम्भव भएको तर आफै वाट सुरु गर्नु पर्ने कुरा व्यक्त गर्नु भएको थियो।
जन्मदिनमा नगदी खाम
168
previous post