रक्तदाता समाज देवदहलाई सम्मान

Shares

बुटवल, १४ साउन । रुपन्देहीको देवदहमा रहेको नेपाल स्वयंसेवी रक्तदाता समाज देवदह शाखाले रक्तदान कार्यमा सरिक भई तेस्रो स्थान हासिल गरेकोमा रक्तदान गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेको छ । समाजले मंगलबार विज्ञप्ती निकालेर रक्तदान गर्ने र अरुको जीवन बचाउने कार्यमा सरिक हुने सबैलाई धन्यवाद दिदै आगामी दिनमा पनि निरन्तरताको कामना गरेको छ ।

५३ औं रक्तसंचार दिवसको अवसरमा बुटवलमा भएको कार्यक्रममा रक्त संकलन गर्ने जिल्लाका संस्थाहरुमा देवदह पनि उत्कृष्ट संस्था देखिएको भन्दै गरिएको सम्मान प्रति नेपाल रेडक्रस सोसाईटी रुपन्देही रक्तसंचार केन्द्र बुटवललाई देवदह शाखाले धन्यवाद दिएको छ ।

समाजले अहिलेसम्म ३ सय ८ युनिट रगत संकलन गरेको देवदह शाखाका अध्यक्ष विजय गुरुङ्गले जानकारी दिए ।

You may also like

This will close in 0 seconds