सैनामैनाका ८० युवाहरुले १८ महिने प्राविधिक तालिम सिक्दैँ

by समतल अनलाइन
Shares

सैनामैना।सैनामैना नगरपालिकाले गत वर्ष देखि सुरु गरेको युवा लक्षित प्राविधीक तालिमले यस वर्ष पनि निरन्तरता पाएको छ ।नगरपालिकाको ८० प्रतिशत र तालिम सिक्ने कर्ताको २० प्रतिशत लगानीमा १८ महिने विभिन्न विधाका प्राविधीक तालिम आज देखि सुरु भएको छ ।प्राविधीक क्षेत्रबाट सिपमुलक तालिम प्रदान गरि रोजगार तथा स्वरोजगार बनाउने अभिप्रायले यो कार्यक्रमलाई नगरपालिकाले निरन्तरता दिएको हो ।सैनामैना भित्र रहेका ८० जना युवा युवतिहरुलाई टि एसएल्सी स्तरको इलेक्ट्रीकल इन्जिनियरिङ र रेफि वा एसि इन्जिनियरिङ सम्बन्धी दुई विधाका कोर्षहरुमा तालिम दिन लागीएको सैनामैना शिक्षा शाखा अधिकृत हेमराज अर्यालले जानकारी दिए ।गत वर्ष ११४ जनाले सो तालिम लिइरहेका छन् ।

सैनामैना नगरपालिकाले कोरिया नेपाल इन्ष्ट्रिच्यूट अफ टेक्नोलोजिको प्राविधीक सहयोगमा तालिम दिन लागेको हो ।आज स्वागत तथा अभिमुखीकरण कार्यक्रमको आयोजना गरिर १८ महिने तालिमको उद्घाटन गरिएको छ ।सोही अवसरमा बोल्दै सैनामैना नगरपालिकाका मेयर चित्र बहादुर कार्कीले अव कोही युवाहरु बेरोजगारीको चपेटामा नपर्ने जिकिर गर्नुभयो ।नगरपालिकाले प्राविधि क्षेत्रमा ठुलो लगानी गरेको स्मरण गराउँदै मेयर कार्कीले यस तालिमबाट उत्पादन भएका दक्ष जनशक्तिलाई नगरपालिकाले नै परिचालन गर्न सक्ने वातावरण सृजना गर्न विधार्थीहरुलाई आग्रह गर्नुभयो ।

शिक्षामा गरेको लगानीले ढिलो तर सहि प्रतिफल दिने सिटिभिटि प्रदेश ५का उपनिर्देशक गोपाल आचार्यले बताउनुभएको छ ।बढ्दो प्रतिस्पर्धामा मास्टर डिग्रि पढेकाहरुले समेत सिप नभएका कारण उपयुक्त अनुसारको रोजगार नपाएको गुनासो सञ्चार माध्यममा सुन्न आएको उहाँको भनाई छ ।उहाँले प्राविधीक क्षेत्रबाट रोजगारमुखी बनाउने देशकै पहिलो स्थानीय तह सैनामैना भएकोे दावी आचार्यले गर्नुभयो ।

स्थानीय क्षेत्रमा प्राविधीक तालिम लिन पाउदा खुशी लागेको नव विधार्थी करण पुन र रोशन ज्ञवालिले बताएका छन् ।सिकेका कुरालाई ब्यवहारमा लागु गर्ने गरि कडा मेहनत गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।कार्यक्रम कोरिया नेपाल इन्ष्ट्रिच्यूट अफ टेक्नोलोजि कार्यालय प्रमुख अच्यूतराज घिमिरेको अध्यक्षता,सैनामैना नगरपालिका मेयर चित्र बहादुर कार्कीको प्रमुख आतिथ्यता तथा उपप्रमुख विना राना,प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद भण्डारी लगायतको आतिथ्यता रहेको थियो ।कार्यक्रममा दुई विषयमा विधार्थीहरुलाई अभिमुखीकरण प्रदान गरिएको थियो ।

You may also like

This will close in 0 seconds