१३ देशका लागि राजदूत सिफारिस, भारतमा निश्चलनाथ पाण्डे र चीनमा कल्याणराज शर्मा

by समतल अनलाइन
29Shares

काठमाडौं । सरकारले भारत, चीन, अमेरिका, बेलायतसहित १३ देशका लागि नयाँ राजदूतको नाम सिफारिस गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मुलुकमा रिक्त राजदूत पदमा नियुक्तिका लागि १३ जनाको नाम सिफारिस गरेको हो। सिफारिसमा कूटनीतिज्ञ, प्राध्यापक तथा पूर्वप्रधानसेनापति समेत छन्।

सरकारले भारतका लागि डा. निश्चलनाथ पाण्डे र चीनका लागि डा. कल्याणराज शर्माको नाम सिफारिस गरेको छ। त्यस्तै, संयुक्त राज्य अमेरिकाका लागि चिरनजंग थापा तथा बेलायतका लागि पूर्वप्रधानसेनापति गौरव शम्शेर जंगबहादुर राणाको नाम अघि सारिएको छ।

राजदूत नियुक्तिको अन्तिम प्रक्रिया पूरा हुन सम्बन्धित संवैधानिक तथा कानुनी प्रक्रिया अघि बढ्नेछ।

हेर्नूहोस् कुन देशमा को ?

१. डा. निश्चलनाथ पाण्डे — भारत
२. डा. कल्याणराज शर्मा — चीन
३. चिरनजंग थापा — संयुक्त राज्य अमेरिका
४. पूर्वप्रधानसेनापति गौरव शम्शेर जंगबहादुर राणा (अवकाशप्राप्त) — संयुक्त अधिराज्य (यूके)
५. जिग्यान कुमार थापा — जापान
६. सुरेशकुमार कर्ण — इजरायल
७. प्राप्ति शेरचन — स्पेन
८. शरू जोशी — जर्मनी
९. डा. पद्माक्षी राणा — ओमान
१०. चूडामणि खरेल — मलेसिया
११. प्रा. डा. सङ्गम श्रेष्ठ — दक्षिण कोरिया
१२. डा. मंचल झा — श्रीलंका
१३. गिरीबहादुर सुनार — साउदी अरेबिया

000

You may also like