रुपन्देही व्यापार संघद्वारा पहिरो पिडितलाई सहयोग

by समतल अनलाइन
809Shares

१३ साउन, बुटवल । रुपन्देही व्यापार संघले गुल्मीको सत्यवती गाउपालिकामा पहिरो पिडितहरुलाई राहत वितरण गरेको छ ।

संघले आइतबार पहिरोबाट विस्थापित गुल्मीको ठूलो लुम्पेक र लिम्घामा पुगी सहयोग हस्तान्तरण गरेको हो ।

संघका वरिष्ठ उपाध्यक्ष यमलाल लोहनीले वडा अध्यक्ष एवं जनप्रतिनिधिलाई नगद एक लाख हस्तान्तरण गरेका थिए । संघका वरिष्ठ उपाध्यक्ष लोहनीसहित द्वितिय उपाध्यक्ष्य डिल्लीराज भण्डारी, कोषाध्यक्ष दिपक अधिकारी, सह सचिव नामदेव पाण्डे, कार्यसमिति सदस्य प्रेम पाण्डे, मणि खनाल, कार्यालय प्रमुख सरोज पोखरेल सहितको टोली प्रभावित क्षेत्रमै पुगेर सहयोग हस्तान्तरण गरेको हो ।

गुल्मीको सत्यवती गाउपालिकामा यही साउन ६ गते परेको अविरल वर्षा पश्चात् ठूलो पहिरो गएको थियो । संघले घटनामा मृतकलाई श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना समेत व्यक्त गरेको छ ।

हाल सत्यवती र लिम्घामा सर्यौ परिवारहरु विस्थापित एकीकृत रुपमा बस्दै आएका छन् । संघले विपतमा परेकालाई सहयोग गरी मानवीय सेवामा लाग्न आग्रह गर्दै संघको सहयोग निरन्तर रहने संघका वरिष्ठ उपाध्यक्ष यमलाल लोहनीले बताए ।

Comments

You may also like

This will close in 0 seconds