वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा तीनजना पक्राउ

by समतल अनलाइन
38Shares

काठमाडौं। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं टोखा नगरपालिका-५ बस्ने तेह्रथुम घर भएका ३५ वर्षीय नगेन्द्र भेटवाल, काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-८ बस्ने बर्दिया घर भएका ४४ वर्षीय समुन्द्र बहादुर थापा र कागेश्वरी मनोहरा नगरपालिका-७ बस्ने पाँचथर घर भएका ४४ वर्षीय कुमार खतिवडा रहेका छन् ।

पक्राउ मध्ये नगेन्द्रले जापान पठाइदिन्छु भन्दै १ जना पीडितबाट १० लाख रूपैयाँ, समुन्द्रले कम्बोडिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ७ लाख रूपैयाँ र कुमारले युएई पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले नगेन्द्रलाई काठमाडौं टोखा नगरपालिका-५ बाट सोमबार तथा समुन्द्रलाई काठमाडौं कागेश्वर मनोहरा नगरपालिका-९ बाट र कुमारलाई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-७ बाट मंगलबार पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

You may also like