एक्सिस कलेजमा ‘फूड फेस्ट’ तथा तीज विशेष कार्यक्रम

by समतल अनलाइन
Shares

१३ भदौ, बुटवल । तिलोत्तमा-३ जानकीनगरस्थित एक्सिस कलेज बिएचएम चौथो सेमेस्टका विद्यार्थीहरूको संयोजकत्वमा ‘समर फूड फेस्ट’ तथा तीज विशेष कार्यक्रम सम्पन्न गरेका छन् ।

विद्यार्थीहरू आफ्नो प्रयोगात्मक रुपमा सिकेका कुराहरु फूड फेस्ट मार्फत विभिन्न परिकारहरु बनाई सम्पूर्ण विद्यार्थी, अभिभावक प्राध्यापकहरु माझ आफूले बनाएका विभिन्न परिकार पस्केका हुन । विद्यार्थीहरूले कलेजमा पहिलो पटक फूड फेस्ट कार्यक्रम गरेका हुन ।

कार्यक्रमको उद्घाटन गर्दै कलेजका अध्यक्ष होमराज बस्यालले विद्यार्थीहरूले आफूले सिकेका कुराहरूलाई व्यवहारमा उर्तान आग्रह गरे । उनले सिकाई कहिल्यै नसकिने भन्दै बिएचएमका विद्यार्थीहरू यस्ता कार्यक्रमहरु आगामी दिनहरूमा पनि गर्दै जानुपर्ने बताए । कलेज व्यवस्थापन समिति यस्ता कार्यक्रम गर्न विद्यार्थीहरूलाई सधै साथ, हौसला र सहयोग प्रदान गर्ने अध्यक्ष बस्यालले बताए । विद्यार्थीहरूले नेपाली तीज विशेषका विभिन्न परिकारहरू बनाएका थिए ।

कलेजका प्राचार्य रामप्रसाद अर्याल विद्यार्थीहरुले आफूले सिकेको सीप आफ्ना अभिभावकहरूको अगाडि बनाएर पस्किँदा अभिभावकहरूले पनि रूचि र चासोका साथ लिएको बताए । तीज विशेष कार्यक्रम आयोजक समितिको संयोजक विशाल न्यौपाने आफूहरुले यो पहिलो कार्यक्रम गरेको र आगामी दिनमा गर्ने कार्यक्रम अझै परिस्कृत बनाउँदै लैजाने बताए ।

कार्यक्रममा कलेजका सदस्य सचिव लोकेन्द्र न्यौपाने, व्यवस्थापन समिति सदस्य टानबहादुर पाण्डे, प्राध्यापकहरू विष्णुप्रसाद गैरे, जीवन पौडेल, गुरुप्रसाद पौडेल, सुशील गिरी, आशिष केसी, बालकृष्ण आचार्य, केसरी राना, लगायतको कार्यक्रममा सहभागिता रहेको थियो ।

उक्त कलेजमा पोखरा विश्वविद्यालयका बिबिए, बिबिए बिआई र बिएचएमको पढाई हुन्छ । कलेजमा करिब ४ जना विद्यार्थी अध्ययनरत छन् । बिएचएम चौथौ सेमेस्टरका विद्यार्थी रुपेश लामिछानेको अध्यक्षता तथा कलेजका अध्यक्ष होमराज बस्यालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सञ्चालन सुमन श्रेष्ठले गरेको थिए ।

तीज विशेष कार्यक्रममा विद्यार्थी विभिन्न व्याण्डका प्रस्तुति र विद्यार्थीहरूले नृत्य प्रस्तुत गरेका थिए ।

यो पनि पढ्नुहोस्

You may also like