झविन्द्र देवकोटा
बुटवल, १३ भदौ । बुटवल सुख्खानगरमा रहेको अक्सफोर्ड माध्यमिक विद्यालयले विद्यालयमा तीज गित प्रतियोगिता गरेको छ । विद्यार्थीको आन्तरिक प्रतिभालाई प्रष्फुटन गराउन तथा तीज पर्वका बारेका विद्यार्थीहरुलाई जानकारि गराउन लागि अक्सफोर्ड माविले तीज गित प्रतियोगिता गरेको हो । प्रतियोगितामा समग्रमा रेड हाउस प्रथम, एलो हाउस द्वितिय, ब्ल्यू र ग्रिन हाउस तृतिय भए । विजयी समुहले शिल्ड, मेडल तथा प्रमाणपत्र हात पारेका छन् ।
विद्यालय ब्यवस्थापन समितिका सरिता भूषालको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका कायबहाक अध्यक्ष ललित खरेल, सदस्य नवराज पंगेनी, बोनिका भट्टराई, विद्यालयका प्राचार्य दिनेश भूषाल, सहायक प्रिन्सिपल सुमन भूषाल, मोहन खनाल क्षेत्री लगायतले विजयी विद्यार्थीलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए । कक्षा दुई देखि दश कक्षासम्मका विद्यार्थीहरु सहभागि भएको तिजगित प्रतियोगिता कार्यक्रममा २२ समुहहरुको सहभागिता रहेको विद्यालयका सहायक प्रिन्सिपल चिरञ्जी सापकोटाले जानकारी दिए । विद्यार्थी दिया भुषाल र सृजु मिश्रको संचालनमा भएको कार्यक्रम लोक गायिका शादा पंगेनीले आफ्नो प्रस्तुती देखाएकी थिईन् ।
अक्सफोर्डमा तीज गित प्रतियोगिता
316
previous post


