बिपन्न परिवारलाई शुद्धोधन ४ मा खाद्यान्न वितरण

by समतल अनलाइन
277Shares

अर्जुन खत्री
फर्साटिकर।रुपन्देही जिल्लाको शुद्धोधन गाउँपालिका वडा न:४को संयोजनमा वडा भित्र रहेका बिपन्न मजदुर वर्गलाई राहत वितरण गरिएको छ।
विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ को सम्भावित जोखिमलाइ न्यूनीकरण गर्ने भन्दै सरकारले लगाएको लकडाउनका कारण कुनै पनि मजदुरी गर्ने विपन्न परिवारका ब्यक्तिहरुलाई छाक टार्नका लागि समस्या नहोस भनी राहत स्वरुप खाद्यान्न वितरण गरिएको वडा अध्यक्ष एंव गाउँपालिका प्रवक्ता राजेन्द्र कँडेलले जानकारी दिनुभयो।
२० किलो चामल, २ किलो दाल,१ किलो नुन र एउटा साबुन दरले प्रत्येक बिपन्न तथा मजदुरी गर्ने ब्यक्तिहरुको घरघरमा पुगि वडाअध्यक्ष कँडेल,वडासदस्यहरु हेमन्त थापा,रामचन्द्र चौधरी ,पुजा दमाई, शिवकुमारी थारु,पत्रकार र प्रहरीको सहभागितामा राहत वितरण गरिएको हो ।
वडा न :४ भित्र रहेका फर्साटिकर गाउँ,हाटबजार,जुगडिया, केवलपुर,साझा टोल, दर्बाह, ,पत्थर कोट,पुर्व मैनहिया,पश्चिम मैनहिया ,फर्साटिकर बजार गरि १० वटा टोलमा १३५ घरपरिवारलाई राहत वितरण गरिएको हो।
यस्तै शुद्धोधन गाउँपालिकाका अन्य वडाहरुमा पनि राहत वितरण कार्य सुरु गरिएको छ।

You may also like

This will close in 0 seconds