आजको मौसम : लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा बिहान हुस्सु र कुहिरो लाग्ने

by समतल अनलाइन
23Shares

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बुधबार नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव रहेको छैन ।

हाल कोशी प्रदेशको हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बादल लागेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै देशका हिमाली क्षेत्रमा आंशिक बादल लाग्नेछ । बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ ।

त्यस्तै, आज राति कोशी र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बादल लाग्ने सम्भावना छ भने बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ ।

बिहानपख काठमाडौं उपत्यका र खोँचहरूका साथै लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा हुस्सु तथा कुहिरो लाग्नेछ । बाँकी तराई भूभागका थोरै स्थानमा पनि हुस्सु र कुहिरो लाग्ने महाशाखाले जनाएको छ ।

You may also like