नव बुद्ध युवा क्लबद्वारा खुला रक्तदान, ६० युनिट रगत संकलन

by समतल अनलाइन
37Shares

बुटवल। सामाजिक सेवामा युवाहरूको सहभागिता बढाउने उद्देश्यसहित नव बुद्ध युवा क्लबले बुटवलमा खुला रक्तदान कार्यक्रम आयोजना गरेको छ। बुटवलको ट्राफिक चोकमा आयोजित कार्यक्रममा ६० युनिट रगत संकलन भएको छ।

कार्यक्रमको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिका वडा नं. ६ का अध्यक्ष लोकनाथ न्यौपानेले युवाहरू सामाजिक रूपान्तरणका महत्वपूर्ण संवाहक भएको बताए। उनले रक्तदानले मानव जीवन बचाउन महत्वपूर्ण योगदान पुर्‍याउने भएकाले यसलाई पुण्य कार्यका रूपमा लिनुपर्ने धारणा राखे।

क्लबका सभापति सुनित क्षेत्रीले युवाहरूलाई संगठित गर्दै सामाजिक उत्तरदायित्वका काममा सहभागी गराउने लक्ष्यका साथ क्लबले गतिविधि अघि बढाएको बताए। उनले सामाजिक कामसँगै आगामी दिनमा खेलकुद क्षेत्रको विकास र प्रवर्द्धनका लागि पनि कार्यक्रम सञ्चालन गर्ने योजना रहेको जानकारी दिए।
कार्यक्रममा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक नेत्र बुढा, नियमित रक्तदाता संघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष लेखनाथ भण्डारी, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रहरी नायब निरीक्षक सनोजकुमार बरई र क्लबका सचिव चन्द्रमान श्रेष्ठले रक्तदाताहरूलाई प्रमाणपत्र वितरण गरेका थिए।

नेपाल रेडक्रस सोसाइटी, रक्तसञ्चार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोगमा सम्पन्न रक्तदान कार्यक्रममा ६० युनिट रगत संकलन भएको कार्यक्रम संयोजक गणेश बोहराले जानकारी दिए।

You may also like