आजको मौसम : तराई, उपत्यका र खोँचमा हुस्सु, कोशी र मधेशमा आंशिक बदली

by समतल अनलाइन
48Shares

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज शुक्रबार हाल नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको जानकारी दिएको छ ।

हाल देशको हिमाली भू-भागमा आंशिक बादल लागेको छ। तराई भू-भाग, उपत्यका तथा खोँचहरूका धेरै स्थानमा तुवाँलो/हुस्सु लागेको छ ।
आज दिउँसो कोशी र मधेश प्रदेशमा आंशिक बादल लाग्नेछ तथा बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहनेछ ।
त्यस्तै राति कोशी र मधेश प्रदेशमा आंशिक बादल लाग्नेछ तथा बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहनेछ । तराई भू-भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु/कुहिरो लाग्नेछ ।

You may also like