बुटवल।रसुवामा आएको बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावित बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि अन्नपूर्ण एग्रो इन्डष्ट्रिज प्रा. लि.ले रु. ११ लाख ११ हजार १११ सहयोग गरेको छ।तिलोत्तमा–१६, मधवलिया, रुपन्देहीस्थित अन्नपूर्ण एग्रो इन्डष्ट्रिजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत उक्त रकम सहयोग गरेको हो।
विपत्तिको कठिन घडीमा पीडित परिवारहरूप्रति ऐक्यबद्धता जनाउँदै मानवीय सहयोगस्वरूप रकम प्रदान गरिएको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार राष्ट्रिय विपत्तिका बेला सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गर्न पाउँदा संस्थालाई सामाजिक दायित्व पूरा गरेको अनुभूति भएको छ।
अन्नपूर्ण एग्रो इन्डष्ट्रिजले विपत्तिको समयमा पीडितको राहत तथा पुनःस्थापनाका लागि अन्य व्यक्ति, व्यवसायी तथा संघ–संस्थालाई समेत निस्वार्थ रूपमा सहयोग गर्न अपिल गरेको छ।‘विपत्तिमा साथ, समाजप्रति हाम्रो दायित्व’ भन्ने भावनासहित कम्पनीले सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिँदै आएको जनाएको छ ।

