रसुवा बाढीपीडितका लागि धनमुढा चौर समाजको १ लाख ५ हजार सहयोग

by समतल अनलाइन
32Shares

बुटवल । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि धनमुढा चौर समाज, बुटवलले १ लाख ५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।

धनमुढा चौर समाज, बुटवल उपमहानगरपालिका–८ ले नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो। समाजका सल्लाहकार थम्मन भण्डारीले बाढीका कारण रसुवा लगायतका जिल्लामा ठूलो धनजन तथा भौतिक क्षति भएको अवस्थामा प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पु¥याउने उद्देश्यले आर्थिक सहयोग गर्ने निर्णय गरिएको जानकारी दिनुभयो।

प्राकृतिक विपद्का कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवनलगायतका जिल्लामा मानवीय तथा भौतिक क्षति भएकोप्रति समाजले दुःख व्यक्त गर्दै बाढीमा परी ज्यान गुमाएका नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ। साथै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दै घाइते तथा प्रभावित नागरिकको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

समाजले विपद्को कठिन समयमा पीडित नागरिकलाई राहत तथा पुनःस्थापनामा सहयोग गर्नु सामाजिक दायित्व भएको भन्दै सहयोगका लागि सबैलाई आह्वानसमेत गरेको सल्लाहकार भण्डारीले बताउनुभयो।

You may also like