भोटेकोशी बाढीपीडितका लागि सिद्धबाबा मन्दिर विकास समितिको १ लाख ११ हजार सहयोग

by समतल अनलाइन
21Shares

बुटवल । भोटेकोशी नदीमा आएको विनासकारी बाढीवाट प्रभावित नागरिकहरुको राहत तथा पुनस्थापनाका लागि सिद्धबाबा मन्दिरले विकास समितिले १ लाख ११ हजार १ सय ११ रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

सिद्धबाबा मन्दिरले विकास समिति मंगलबारको निर्णय अनुसार प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा १ लाख ११ हजार १ सय ११ रुपैयाँ आर्थिक सहयोग गरिएको सचिव विष्णुप्रसाद पाण्डेले बताए ।

प्राकृतिक विपतका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहु, चितवन लगायतका जिल्लाहरुमा मानवीय तथा भौतिक क्षति र नागरिकहरुको दैनिक जिवन प्रभावित भइरहेको अवस्थामा राहत तथा पुनस्थापना कार्यमा सहयोग पु¥याउने उद्धेश्यले सो कोषमा रकम सहयोग गरेको अध्यक्ष अरविन्द पाण्डेले बताए।

मन्दिर विकास समितिले बाढीमा परी दिवंगत भएका नागरिकहरुप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ ।

You may also like