398
राज्यका सै विशेषधिकार खोसिएको भारतको जम्मु–कस्मिरमा चार दिनदेखि कफ्र्यु छ । राजधानी श्रीनगरलगायत सडक चोक, गल्लीमा सैनिक तैनाथ छन् ।
पूर्वमुख्यमन्त्रीहरु थुनिएका छन् । सर्वसाधारण घरबाट बाहिर निस्किन पाएका छैनन् । सञ्चार सेवा पूर्ण रुपमा बन्द छ । लामो समयदेखि द्वन्दवको चपेटामा परेको कस्मिरबाट नेपाल आएर व्यापार व्यवसाय गर्दै बसेकाहरु यतिबेला आफ्नो थातथलो र आफन्तको चिन्तामा पिरोलिएका छन् ।