भारत भ्रमणमा रहेका रास्वपा सभापति रवि लामिछाने अयोध्या पुगे

by समतल अनलाइन
100Shares

काठमाडौँ। भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भ्रमण टोलीसहित उत्तर प्रदेशको अयोध्या पुगेका छन्।

नयाँ दिल्लीमा राजनीतिक भेटघाट र कूटनीतिक संवाद सकेर सभापति लामिछाने नेतृत्वको रास्वपा टोली अयोध्या प्रस्थान गरेको हो।

अयोध्या भ्रमणका क्रममा लामिछानेले त्यहाँस्थित नवनिर्मित राम मन्दिरको दर्शन तथा आवद्ध अधिकारीसँग भेटघाट गर्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ।

You may also like