तरुण दल नगर उपसभापतिमा थमन पुन

by समतल अनलाइन
25Shares

बुटवल। समाजसेवा र युवाहरूको नेतृत्व विकासमा सक्रिय युवाव्यवसायी थमन पुन नेपाल तरुण दल बुटवल उपमहानगर समितिको नगर उपाध्यक्ष पदमा मनोनित भएका छन् ।

नेपाल तरुण दल बुटवल उपमहानगर समितिले २०८३ जेठ ६ गतेदेखि लागू हुने गरी पुनलाई उक्त जिम्मेवारी प्रदान गरेको हो ।

समितिका अध्यक्ष सुजन पुनद्वारा हस्ताक्षरित मनोनयन पत्रमार्फत पुनलाई लोकतान्त्रिक मूल्य, युवाको हकहित तथा संगठनको विधानअनुसार सक्रिय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिएको छ ।
विभिन्न सामाजिक तथा व्यवसायिक क्षेत्रमा सक्रिय थमन पुनको मनोनयनले युवा पुस्तामा थप उत्साह र ऊर्जा थप्ने अपेक्षा गरिएको छ । मनोनयनपछि शुभेच्छुकहरूले उनलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।

You may also like