प्रधानमन्त्रीको तर्फबाट संसद्‌मा दुई विधेयक पेस

by समतल अनलाइन
47Shares

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को तर्फबाट दुईवटा विधेयक प्रस्तुत भएको छ । उनको तर्फबाट कानुनमन्त्री सोबिता गौतमले विधेयक संसदमा प्रस्तुत गरेकी हुन् । गौतमले प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक प्रधानमन्त्रीको हैसियतमा लगेकी हुन् भने मतदाता नामावली (पहिलो संशोधन) विधेयक गृहमन्त्रीको हैसियतमा अगाडि बढाएकी हुन् ।

प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ प्रतिनिधि सभामा प्रस्तुत भएको हो । नेपालको संविधानको धारा ८४ को उपधारा (२) मा समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने प्रतिनिधि सभाको निर्वाचनका लागि राजनीतिक दलले उम्मेदवारी दिँदा जनसंख्याको आधारमा महिला, दलित, आदिवासी जनजाति, खस आर्य, मधेसी, थारु, मुस्लिम, पिछडिएको क्षेत्र समेतबाट बन्दसूचीको आधारमा प्रतिनिधित्व गराउने व्यवस्था छ ।

मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३ पनि प्रस्तुत भएको छ । प्रतिनिधिसभाको अर्को बैठक जेठ ७ गते बिहीबार बिहान ११ बजे बस्नेगरी स्थगित गरिएको छ । २०७८ सालमा भएको राष्ट्रिय जनगणनाको प्रतिवेदन बमोजिम जनसंख्याको प्रतिशतका आधारमा दलित, आदिवासी जनजाति, खस आर्य, मधेशी, थारु तथा मुस्लिम जनसंख्याको आधारमा प्रतिशत कायम गर्न आवश्यक भएकोले विधेयक ल्याएको विधेयकमै बताएका छन् ।

You may also like