दाङमा बस दुर्घटना, २२ जना घाइते

by समतल अनलाइन
83Shares

दाङ।दाङमा बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन् ।डेल्धुराबाट काठमाडौंका लागि गुडेको ना८ख ७४५५ नम्बरको बस पूर्व–पश्चिम राजमार्गअन्तर्गत लमही नगरपालिका–१ कौडियापुलमा दुर्घटना भएको हो ।

लमहीस्थित वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक रोशनराज पाण्डेयका अनुसार बस आज बिहान पुलबाट खोलामा खसेको थियो ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना तथा स्थानीयको सहयोगमा घाइतेहरूलाई उद्धार गरी लमही अस्पताल पु¥याइएको छ । बसमा ३८ यात्रु सवार थिए ।

You may also like

This will close in 0 seconds