191
काठमाडौं। काठमाडौंको थानकोटमा चक्कु प्रहार गरी एक युवकको हत्या गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् ।
आइतबार राति ९ बजेतिर महोत्तरीको जलेश्वर नगरपालिका–२ का ३० वर्षीय जितेन्द्र साहमाथि चक्कु प्रहार भएको थियो ।
उनको घाँटी र ढाडमा चक्कु लागेको थियो । गम्भीर घाइते साहको सोमबार बिहान राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा ज्यान गएको हो । उनी हाल चन्द्रागिरि नगरपालिका–३ थानकोट मंगलोदय स्कुल नजिकै बस्दै आएका थिए । चक्कु प्रहार गर्ने थानकोटका ३६ वर्षीय सोमलाल गोपालीसहित तीन जनाको संलग्नता रहेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी रमेशकुमार बस्नेतले बताए ।
previous post