रकम अभावमा अस्पतालमै गयो गर्भवतीको ज्यान, मृतक श्रीमती छाडेर श्रीमान बेपत्ता

by समतल अनलाइन

उदयपुर । उपचारका लागि पैसा नहुँदा उदयपुरको उदयपुरगढी गाउँपालिका– ८ की गर्भवती महिलाको ज्यान गएको छ । आइतवार बिहान प्रसूति बेथा लागेर जिल्ला अस्पताल गाईघाट ल्याइएकी २४ वर्षीया सरिष्मा आचार्यको उपचारका लागि रकम अभावमा मृत्यु भएको हो ।

उनलाई श्रीमान प्रेम बुढाथोकीले अस्पताल ल्याएका थिए । चिकित्सकले प्रारम्भिक उपचारपछि तत्काल बाहिर लैजान सुझाव दिए । तर उनीसँग अन्यत्र लैजान पर्याप्त रकम थिएन । जिल्ला अस्पताल गाईघाट ल्याउन पनि उनले घरबेटीसँग एक हजार रुपैयाँ मागेका रहेछन् ।

गर्भवतीको शरीरमा रगतको मात्रा कम भएको र जतिसक्दो चाँडो रगत चढाउनु पर्ने भन्दै सुविधा सम्पन्न अस्पतालमा लैजान जिल्ला अस्पताल गाईघाटका प्रसूति चिकित्सक अमरेशकुमार मेहत्ताले रेफर गरेका थिए ।

तर श्रीमान प्रेमले रकम अभावमा अन्य अस्पताल लैजान सकेनन् । फलस्वरुप रेफर गरेको केही घण्टामा नै अस्पतालमै गर्भवतीको ज्यान गयो । त्यसपछि श्रीमान प्रेम आफन्त बोलाउन जाने बहानामा अस्पतालबाट बाहिरिए र पुनः फर्केर आएनन् ।

गर्भवतीको शरीरमा रगतको कमि भएकाले रक्त अल्पता भएको र फोक्सोमा पानी जमेकाले नाक, मुखबाट रगत बगेर मृत्यु भएको जिल्ला अस्पताल गाईघाटका प्रसूति चिकित्सक मेहत्ताले बताए । राजधानी दैनिकबाट

 
 
  
 

You may also like