रोटरी बुटवलको चार्टर नाईट, पत्रकार श्रेष्ठलाई सम्मान

by समतल अनलाइन

बुटवल । रोटरी क्लब अफ बुटवलको २७ औं चार्टर नाईट सम्पन्न भएको छ। कार्यक्रमको रोटरी ईन्टरनेश्नल डिष्ट्रिक ३२९२ नेपाल भुटानका डिष्ट्रिक गभर्नर किरणलाल श्रेष्ठ, डिष्ट्रिकका एसाईन एजी एजाज आलम, पिडिजि तिर्थमान शाक्य, पुर्व गभर्नर महेन्द्रनारायण श्रेष्ठ, क्लबका प्रेसिडेन्टल काउन्सिलका अध्यक्ष विन्ध्याकेशर श्रेष्ठ, वर्ष २०१९/२०२० का अध्यक्ष डिल्लिकुमार श्रेष्ठले संयुक्त रुपमा केक काटेर उद्घाटन गरेका छन ।

क्लबले प्रत्येक दुई दुई वर्षको अन्तरमा प्रदान गर्ने रोटरी सेवा पदक बुटवलको साधना महिला विद्यालयलाई प्रदान गरिएको छ ।

महिला शसक्तिकरणमा शिक्षाबाट योगदान दिएको साधना महिलालाई नगद २ लाख रुपैयासहित रोटरी स्वर्ण पदक, सम्मानपत्रबाट पुरस्कृत गरिएको क्लबका सचिव रोम शर्माले बताए ।

साधना महिला विद्यालयकी सावित्रा अर्याल, विष्णु कुमारी घिमिरेलाई पदक वितरण गरिएको छ। पाच विद्यामा सामाजिक योगदान पुर्याउने ब्यक्ति तथा संस्थालाई पुरस्कृत गर्ने गरेको छ ।

यसैगरि संचारक‍ो क्षेत्रबाट योगदान दिएका कान्तिपुर टिभी तथा बुटवलटुडेका सम्वाददाता स्वस्तिक श्रेष्ठलाई समेत उत्कृष्ट पत्रकारिता पुरस्कारबाट नगद १० हजार रुपैयासहित सम्मानपत्रबाट पुरस्कृत गरिएको उनले बताए ।

पहिलो रोटरी सेवा पदक सुचना र संचारको क्षेत्रमा योगदान दिने महाविर पुनलाई प्रदान गरिएको थियो । यसैगरि विभिन्न विद्यालयमा अध्ययरत विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको छ । पत्रकारिता अध्ययरत छात्रा संस्कृति डुम्रेलाई प्रदान गरिएको छ।

रोटरी ईन्टरनेश्नल डिष्ट्रिक ३२९२ नेपाल भुटानका डिष्ट्रिक गभर्नर किरणलाल श्रेष्ठले स्वार्थभन्दा माथि सेवाको भावनासहित रोटरी क्लबको विश्वका २ सय २१ देशमा फैलिएको २० लाख सदस्यसहितको नेटवर्क रहेको बताए।

सामाजिक कार्यसहित विश्वलाई जोड्ने अभियानमा रहेको उनले बताए । रोटरी क्लब अफ चितवनका अध्यक्ष राजु पौडेलले क्लबहरुको सहकार्यमा अघि बढ्न सके समाजमा ठुला योगदान दिन सकिने सुझाव दिए ।

Share this:

 
 
  
 

You may also like