राजा वीरेन्द्रले चढ्ने गरेको जहाज नारायणहिटी दरबार संग्रहालयमा राखिंदै

by समतल अनलाइन

काठमाडौं । राजा वीरेन्द्र र राजपरिवारले प्रयोग गर्दै आएका एक–एक हवाईजहाज र हेलिकोप्टर नारायणहिटी दरबार संग्रहालयमा राखिने भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्ष नजिक ह्याङ्गरमा राखिएका ती हवाई जहाज र हेलिकोप्टर संग्राहलयमा राख्न सरकारले तयारी थालेको छ ।

यसका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नारायणहिटी दरबार संग्रहालयले अध्ययन गरिरहेका छन् ।

यसै सिलसिलमा केही दिनअघि मन्त्रालयका उच्च अधिकारी र संग्रहालयका कर्मचारी विमानस्थल पुगेका थिए । नेपाल समाचारपत्र दैनिकबाट

 
 
  
 

You may also like