मोटरसाइकल दुर्घटना हुदा बुटवलमा २ जनाको घटनास्थलमै मृत्यु

by समतल अनलाइन

बुटवल। रुपन्देहीको बुटवल उपमहानगरपालि वडा न.१२ नयाँगाउँमा मोटरसाइकल दुर्घटना हुदाँ घटनास्थलमै २ जनाको मृत्यु भएको छ । पुर्व पश्चिम राजमार्ग अन्तर्गत आफनो साइडमा रोकि राखेको भे १ बु १४४८ नम्बरको ट्रिप्परमा ना ४३ प ३३४६नम्बरको मोटरसाइकल ठोक्किदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यू भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक भिमलाल भटटराईले जानकारी दिनुभयो ।

मृत्यु हुनेमा सैनामैना वडा न.६ बस्ने वर्ष २९का नविन कंडेल,सोही ठाउँ बस्ने बर्ष ३१का दिपक पन्थ रहेका प्रहरीले जनाएको छ । आइतबार राति १० बजेको समयमा तिव्र गतिका कारण मोटरसाइकल ठोक्किन पुुगेको प्रहरीका प्रारम्भीक अनुमान रहेको छ ।घटना सम्बन्धी थप अनुसन्धान अघि बढेको छ भने दुवैे साधन प्रहरीको नियन्त्रणमा रहेको छ ।

 
 
  
 

You may also like