चेम्वर अफ कमर्सले गर्यो सत्यवती पहिरो पीडितलाई राहत सहयोग

सुरेश थापा

गुल्मी साउन २२ । नेपाल चेम्वर अफ कमर्स काठमाडौं र चेम्वर अफ कमर्स गुल्मीले सत्यवती गाउँपालिकाको वडा नम्बर ३ डुलो लुम्पेक र वडा नम्बर ४ लिम्घाका पहिरो पीडितलाई नगद राहत सामाग्री सहयोग गरेको छ ।

गुल्मी चेम्वर अफ कमर्स गुल्मीका अध्यक्ष युवराज न्यौपानेको नेतृत्वमा ठुलो लुम्पेक र लिम्घामा पुगेको उक्त टोलीले लत्ताकपडा र नगद राहत कोष संकलन समितिलाई हस्तान्तरण गरेको हो ।

क्लवका अध्यक्ष न्यौपानेले पीडितको चर्केको घाउमा मलम लगाउन सहयोग लिएर आएको र आफुपनि सत्यवती गाउँपालिकाबासी भएकोले पीडितहरुको घाउले आफुलाई समेत पोलेकोले विभिन्न संघसंस्थाहरु मार्फत सहयोग जुटाएर हस्तान्तरण गरिएको जानकारी दिए । पहिरो पीडितलाई झण्डै ७ लाख बराबरको राहत सहयोग गरेको क्लवका महासचिव कृष्णप्रसाद भण्डारीले जानकारी दिए ।

गत साउन ६ गते सोमबार राति परेको अविरल वर्षासँगै गएको पहिरोमा परेर लिम्घा र लुम्पेकमा १३ जनाको मृत्यु भएको थियो भने २ सय भन्दा बढि घरपरिवार विस्थापित भएका छन् ।

 
 
  
 

You may also like