हिमपातसँगै चिसो बढ्यो

by समतल अनलाइन

हुम्ला । उच्च हिमाली भागमा हिमापतसँगै चिसो शुरु भएको छ । हुम्लामा बिहीार साँझदेखि हिमपात शुरु हुँदा त्यहाँको जनजीवन प्रभावित हुन थालेको छ ।

हुम्लासहितका उच्च पहाडी र हिमाली जिल्लामा हिमपातसँगै चिसो बढेको छ ।जिल्लामा गत वर्ष कात्तिकमै हिमपात भएको थियो । चिसोका कारण सदरमुकाम सिमकोटमा बिहानैदेखि चहलपहल घटेको छ । जिल्लाको उत्तरी नाम्खा गाउँपालिकाको उच्च हिमाली भेगमा अत्यधिक हिमपात भएको स्थानीयवासीले बताएका छन ।

हिमपातपछि बालीनाली सप्रिने भन्दै यहाँका किसान खुशी भएका छन् । सिमकोटमा चिसो बढेसँगै सरकारी तथा गैरसरकारी कार्यालयबाट सेवा लिन समस्या भएको सेवाग्राही माया लामाले बताइन।

 
 
  
 

You may also like