पूर्व राजा ज्ञानेन्द्र शाहले प्रदेश पाँचका बिभिन्न मठमन्दिरमा दर्शन गर्दै

by समतल अनलाइन

पूर्व राजा ज्ञानेन्द्र शाहले प्रदेश पाँचका बिभिन्न जिल्लामा एक हप्ता लामो भ्रमण तय गर्नुभएको छ । पूर्व राजा शाहले यहि मंसिरको १५ गतेदेखि २२ गतेसम्म प्रदेश पाँचका जिल्लाहरु रुपन्देही नवलपरासी, कपिलबस्तु र पाल्पा जिल्लामा धार्मिक मठमन्दिरमा दर्शन गर्ने कार्यक्रम रहेको भ्रमण कार्यक्रम प्रचार प्रसार समितिले जनाएको छ ।

पूर्व राजा शाहको. भ्रमण कार्यक्रम अनुसार मंसिर १५ गते अपरान्ह उहाँ भैरहवा विमानस्थल आउनुहुनेछ । भोलीपल्ट १६ गते रुपन्देहीको सैनामैनामा रहेको पर्रोहा बोलबम धामको भ्रमण गर्ने कार्यक्रम छ । त्यस्तै १७ गते रुपन्देहीको मर्चवार स्थित मर्चवारीमाई मन्दिर, १९ गते पाल्पा तानसेनको भगवती मन्दिर, २० गते कपिलबस्तु गोरुसिंगेको पशुपति मन्दिर र २१ गते नवलपरासीको पाल्ही स्थित पाल्ही भगवती मन्दिरमा दर्शन गर्ने कार्यक्रम तय भएको सवारी व्यबस्थापन समितिका संयोजक शक्तिप्रसाद सापकोटाले जानकारी गराउनु भयो ।

उहाँको भ्रमणमा तय गरिएको सबै कार्यक्रम दिउँसो ३ बजे हुनेछन् । पूर्व राजाको भ्रमण कार्यक्रममा उहाँलाई स्वागतका लागि आम नागरिकलाई सो समितिले आह्वान गरेको छ । त्यसबाहेक भ्रमणमा रहँदा रुपन्देहीको तिलोत्तमा स्थित टाईगत प्यालेस रिसोर्टमा बस्नुहुनेछ । धार्मिक मठमन्दिरको दर्शनकालागि विशुद्ध व्यक्तिगत भनीएपनि राजनीतिक भेटघाट समेत हुने आँकलन गरिएको छ । संयोजक सापकोटाले पूर्व राजा शाहको विशुद्ध व्यक्तिगत र धार्मिक भ्रमण भएको बताउनु भयो । उहाँले भ्रमणका क्रममा आउँदा राजनीतिक व्यक्तिहरुले पनि चाहनेको खण्डमा भेटघाट गर्न सक्ने बताउनु भयो ।

 
 
  
 

You may also like