एउटै ठेकदारका अर्बका ठेक्का अलपत्र

by समतल अनलाइन

कैलाली। कैलाली र कञ्चनपुरमा थेगिम कन्सट्रक्सन कम्पनी प्रालिले एक अर्बभन्दा बढीका ठेक्का ‘कब्जा’ मा राखेको छ । थेगिमले विभिन्न पूर्वाधारको ठेक्का लिएर तोकिएको समयमा काम नसकी अलपत्र पारेको हो ।

ठेक्का १
थेगिमले ०७३ सालमा कञ्चनपुरको साविक जिल्ला सदरमुकाम बेलौरीलाई पूर्व पश्चिम राजमार्गसँग जोड्ने २९ किलोमिटर सडक कालोपत्रेको ठेक्का पायो। दुई प्याकेजमध्ये पहिलो १४ किलोमिटरको ०७३ भदौ १७ र १५ किलोमिटरको ०७५ पुस ११ गते सम्झौता भयो ।

आठ करोड तीन लाखको पहिलो प्याकेज (कलुवापुरदेखि १४ किलोमिटर) को म्याद ०७५ जेठ १५ मा सकिएको छ । १० करोड १७ लाखको अर्को प्याकेजको म्याद पनि ०७५ असार १५ गते सकिएको छ । पहिलो प्याकेजमा १२ प्रतिशत प्रगति भएको छ भने दोस्रोको कामै भएको छैन ।

०७५ माघ १० गते प्रदेश सरकारलाई हस्तान्तरण गरिएको उक्त सडक कालोपत्रेका लागि प्रदेश पूर्वाधार विकास मन्त्रालयले काम नगरेको भन्दै चालू आवमा थेगिमलाई १० लाख बजेट विनियोजन गरेको छ ।

संघीय सरकारको जिम्मेवारीमा रहेका बेला थेगिमले पहिलो ठेक्काबाट एक करोड दुई लाख र दोस्रो ठेक्काबाट २० लाख रकम बुझिसकेको पूर्वाधार विकास कार्यालय धनगढीले जनाएको छ ।

संघीय सरकारले पनि काम लगाउन नसकेको थेगिमले ०७६ असारमा पूर्वाधार विकास कार्यालयलाई एक वर्षको म्याद थप्न निवेदन दिएको छ । ‘सरकारले अन्तिम पटक म्याद थप्न दिएको निर्देशनअनुसार हामीले पूर्वाधार विकास मन्त्रालयमा सिफारिस गरेका छौं । थेगिमको रबैया हेर्दा काम होला जस्तो छैन’, पूर्वाधार विकास कार्यालय कैलालीका इन्जिनियर धीरेन्द्र भट्टले भने ।

कलुवापुर–बेलौरी कञ्चनपुरको आधा जनसंख्यालाई जिल्ला सदरमुकामसँग जोड्ने सडक हो । थेगिमका सञ्चालक सुनीलकुमार थापालाई गत वर्ष स्थानीयले सडक कालोपत्रे सुरु नगरेको भन्दै गाउँबाट लखेटेका थिए । ठेक्का लिएको लामो समय भए पनि काम नगर्ने कम्पनीलाई प्रदेश सरकारले कारबाही गरेको छैन । उल्टै म्याद थपका लागि सिफारिस गरेको छ ।
ठेक्का २

कैलालीको गेटामा सरकारको अर्बौं लगानीमा मेडिकल कलेज निर्माण भइरहेको छ । कलेज भवन र तीन सय शड्ढयाको अस्पताल भवन बन्दै छ । त्यसमा प्रोफेसर निवासका ५ वटा भवन, प्रशासनिक कर्मचारीका २ वटा आवास र नर्सिङ कर्मचारी आवास भवन गरी चार–चारतले ८ वटा भवनको ५३ करोडको ठेक्का थेगिमले लिएको छ ।

‘३० महिना निर्माण अवधिमा २१ महिना बितेको छ । प्रगति २० प्रतिशत मात्रै भएको छ। निर्माण अवधि सकिन ९ महिना बाँकी छ । साइडमा न कामदार छन्, न उपकरण, हैरान बनायो थेगिमले’, मेडिकल कलेजका कार्यकारी निर्देशक भीमबहादुर साउदले भने ।

उनले मेडिकल कलेजको परामर्शदाता कम्पनीको सिफारिसमा ठेक्का रद्द गर्ने वा उसको बैंक ग्यारेन्टी तान्ने भन्ने टुंगो छिट्टै लगाइने बताए । मेडिकल कलेजको निर्माणमा बिल्डिङ डेभलपमेन्ट अथुरिटी (बीडीए) ले परामर्शदाताको जिम्मेवारी पाएको छ ।

‘साइडका काम बन्द छन्। ८० प्रतिशत काम बाँकी छ । अब के गर्ने भनेर मेडिकल पूर्वाधार निर्माण विकास समितिसँग निर्णय लिइनेछ’, परामर्शदाता कम्पनीका आवासीय इन्जिनियर सुनील आचार्यले भने ।

ठेक्का ३
सरकारले पूर्वपश्चिम राजमार्ग दक्षिणका बस्तीलाई भारतीय सीमानासम्म जोड्न सीमा सडक योजना सार्वजनिक गर्‍यो। यस्ता सडक कैलालीमा ५ र कञ्चनपुरमा दुई वटा छानिए । कैलालीको मसुरिया–हसुलिया हुँदै भारतको चन्दनचौकी जोड्ने सडकको ५ किलोमिटर कालोपत्रेको ठेक्का भयो। मसुरिया–हसुलिया सडक कालोपत्रेको ठेक्का ०७२ असारमा थेगिमले पायो । अन्नपूर्ण पोष्टबाट

 
 
  
 

You may also like