भरुवा बन्दुक सहित गुल्मीमा एक जना प्रकाउ

by समतल अनलाइन

मनोज कार्की
गुल्मी।गुल्मीमा भरुवा बन्दुक सहित एक जना प्रकाउ परेका छन् । जिल्लाको मालिका गाउँपालिका वडा नं ४ अर्खबाङ्गका ३७ बर्षिय भक्त बहादुर रानालाई एक थान भरुवा बन्दुक सहित प्रकाउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरिक्षक मिन बहादुर घलेले जानाकारी दिए ।

रानालाई इलाका प्रहरी कार्यालय पुर्कोटदह र अस्थाई प्रहरी पोष्ट अर्खबाङ्ग बाट खटिएको प्रहरी टोलीले मङगलबार राती प्रकाउ गरेको हो । रानालाई प्रहरीले अबैध हातहतियार तथा खरखजना मुद्धा चलाउने तयारी गरेको छ ।

रानाले नजिकैका एक युवकलाई मार्छु भनि बन्दुक देखाएर धम्की दिएको समेत आरोप छ । थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ ।

 
 
  
 

You may also like