गुल्मीको सत्यवतिमा जिप दुर्घटना हुदा एक जनाको मृत्यु

by समतल अनलाइन

गुल्मी।गुल्मीमा जिप दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ ।

दुर्घटनामा सत्यवती गाउँपालिका वडा नम्बर ३ सिङदीकी ६८ वर्षीय ललिता देवि सिंजालीको घटना स्थलमै मृत्यु भएको र २३ वर्षका साजन राहादी, २२ वर्षका देव बहादुर विक, ७ बर्षका विरेन्द्र सिंजाली, पाल्पा घर बताउने २३ वर्षका अनिल विक घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

जिल्लाको सत्यवती गाउँपालिका वडा नम्बर ३ ठुलोलुम्पेकको बुटिस गैरामा रिडिबाट ठुलोलुम्पेक तर्फ जाँदै गरेको लु १ ज २७८४ नम्बर जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक मिन घलेले जानकारी दिए ।

दुर्घटनामा परेका घाइतेहरुको उपचारका लागि पाल्पा पठाईएको प्रहरी नायब उपरीक्षक घलेले बताए । जिप चालक कपिल बिक सम्पर्कमा नआएको हुँदा खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । जिप सडक देखि करिब ५ सय मिटर तल खसेको छ । दुर्घटना के कारणले भएको भन्ने बारे अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

 
 
  
 

You may also like