राहत तथा उद्धारमा खटिन गृहमन्त्रीको निर्देशन

by समतल अनलाइन

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले मुलुकभर भारी वर्षाका कारण जनधनको क्षति भइरहेको खबरले आफू स्तब्ध भएको बताएका छन् । उनले विपद्मा परेर ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेका हुन्।

उद्धार, बेपत्ताको खोजी, राहत, घाइतेको स्वास्थ्य उपचार गर्न सरकार गम्भीर रहेको मन्त्री लेखकले बताएका छन् । उने देशभर नै वर्षा, बाढी, पहिरो र डुबानको समस्या हुनुका साथै वर्षाले जनधनको क्षति हुने जोखिम भएकाले सतर्क रहन र सुरक्षित स्थानमा बस्न आग्रह समेत गरेका छन् ।

सबैलाई आफू नजिक जोखिममा रहेका व्यक्तिलाई सहयोग गर्न उनको अपिल छ । उनले यस विपद्को घडीमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बललाई तदारुकताका साथ बेपत्ताहरूको खोजी, पीडितलाई राहत तथा उद्धारमा खटिन निर्देशन समेत दिएका छन् ।

 
 
  
 

You may also like