माेटरसाइकल दुर्घटनामा परेर एककाे मृत्यु

पश्चिम नवलपरासी । दुर्घटनामा एकको मृत्यु पश्चिम नवलपरासीको सुनवलमा भएको तीव्रगतिको मोटरसाइकल दुर्घटनामा एकको मृत्यु भएको छ । सुनवल–१२ हरकट्टाबाट परासी आउने क्रममा सुनवल र रामग्राम नगरपालिकाको सीमामा रहेको पुलमा मोटरसाइकल दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी रामग्राम–१० का ३३ वर्षीय अमरदीप चौधरीको घटनास्थलमै मृत्यु भएको छ । लु ४०प ३५९८ नंको मोटरसाइकल तीव्रगतिका कारण पुलमा अनियन्त्रित भई पल्टिएको इलाका प्रहरी कार्यालय सुनवलका प्रहरी निरीक्षक बलराम गिरीले जानकारी दिनुभयो ।

 
 
  
 

You may also like