ताप्लेजुङमा मध्यराति भूकम्पको धक्का

by समतल अनलाइन

ताप्लेजुङ । पूर्वी पहाडी जिल्ला ताप्लेजुङ केन्द्रबिन्दु भएर गए राति भूकम्प गएको छ । राति १२ बजेर ८ मिनेट जाँदा ताप्लेजुङ जिल्लाको ल्होनाक आसपास केन्द्रबिन्दु भएर ४ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा.लोकविजय अधिकारीले जानकारी दिए ।

यो भूकम्पको धक्का ताप्लेजुङ आसपासका जिल्लामा पनि महसुस गरिएको छ । मध्यराति भूकम्प गएपछि मानिसहरु आत्तिंदै घर बाहिर निस्किएका थिए ।

 
 
  
 

You may also like