७८ दशमलव १७ अंकले बढ्यो नेप्से परिसूचक

by समतल अनलाइन

काठमाडौं।६ कारोबार दिनदेखि लगातार घटेको सेयर बजार आज बिहीबार बढेको छ। नेप्से परिसूचक ७८ दशमलव १७ अंकले बढेर २६८८ दशमलव ३८ विन्दुमा पुगेको हो।

त्यस्तै, आज सेन्सेटिभ इण्डेक्स १३ दशमलव ३९ अंक बढेको छ भने फ्लोट इण्डेक्स ५ दशमलव ३८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ४ दशमलव ८३ अंक बढेको छ।

नेप्से बढेसँगै कारोबार रकम पनि बढेको छ बुधबार ६ अर्ब ८५ करोडको शेयर खरिदबिक्री भएको बजारमा बिहीबार ८ अर्ब १६ करोड ९२ लाख ७४ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। १३ उपसमूहमध्ये यस दिन म्युचुअल फण्ड उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक बढेको छ।

 
 
  
 

You may also like