स्थापना दिवसको अवसरमा पशु आहार बितरण

by समतल अनलाइन

बुटवल।नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसको उपलक्ष्यमा नेपाल निजामती कर्मचारी युनियन रुपन्देहीले एक समारोह गरी स्थापना दिवश मनाएको छ । युनियनले बुटवल उपमहानगरपालिका वार्ड नम्बर ७ शिवनगरमा रहेको नन्दिनी गौशालामा पशु आहार वितरण गरेको हो ।

नेपाल निजामती कर्मचारी युनियन रुपन्देहीका अध्यक्ष चक्रपाणी पाण्डेको अध्यक्षतामा उक्त कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेस रूपन्देहीका सभापति एवम तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाण रहनु भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथी खाणले गौ संरक्षणमा सवै जुट्नु पर्ने र सबैले आफु सक्दो खानाको व्यवस्था गर्ने भने गौमाताको रक्षा सहज ढंगले हुने बताउँदै कर्मचारी युनियनको स्थापना दिवशको अवसरमा सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरुमा शुभकामना व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा विशिष्ट अतिथि नेपाली कांग्रेस रूपन्देही क्षेत्र नं २ का सभापति प्रजापाल गिरी, बुटवल उपमानगरपालिका वडा नं ४ का वार्ड अध्यक्ष नरिश्वर शर्मा पौडेल लगायतले गौ संरक्षणमा स्थानिय सरकार , प्रदेश सरकार र संघिय सरकारले बिशेस चासो राख्न पर्ने बताउनुभएको थियो ।

कार्यक्रमका अध्यक्ष चक्रपाणी पाण्डेले युनियनले सामाजिक उत्तर्दायित्व बहन गर्दै समाजका लागि सदैव लागिरहने बताउनुभएको थियो । साथै उहाँले युनियन दिवसको उपलक्ष्यमा सम्पुर्ण राष्ट्रसेवक कर्मचारीहरूम कार्यसम्पादनमा अझ वढि निखारता आओस् भन्दै शुभकामना व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा स्वागत टेकराज पन्थी र सञ्चालन सि वि ए रुपन्देहीका उपाध्यक्ष भोजराज न्यौपानेको रहेको थियो ।

 
 
  
 

You may also like