स्वमूल्यांकनमा उपमहानगरमध्येबाट बुटवल पहिलो

by समतल अनलाइन

बुटवल । स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिसा) को नतिजा अनुसार ११ वटा उपमहानगरपालिकामध्ये बुटवल उपमहानगरपालिका पहिलो भएको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार बुटवल उपमहानगरपालिकाले ८७ दशमलव ७५ अंक प्राप्त गरेर उपमहानगरपालिकाहरु मध्येबाट पहिलो भएको हो।

आर्थिक बर्ष ७९/ ८० मा उक्त बुटबल पहिलो हुँदा हेटौंडा उपमहानगरपालिका ८६ दशमलव ५० अंक सहित दोश्रो, घोराही उपमहानगरपालिका ८५ दशमलव २५ अंकसहित तेश्रो बनेको छ ।
शासकीय प्रवन्ध, संगठन तथा प्रशासन, बार्षिक बजेट तथा योजना तर्जुमा व्यवस्थापन, वित्तिय एव आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्यसम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, विपद् व्यवस्थापन र सहकार्य र समन्वय लगायतका मापदण्डका आधारमा उपमहानगरहरुमा गरिएको मूल्यांकनमा बुटवल पहिलो भएको छ।
यस्तै ८२ अंकसहित धनगढी उपमहानगरपालिका चौंथो स्थानमा रहेको छ भने कलैया उपमहानगरपालिका ८१ दशमलव ५५ अंकसहित पाँचौ स्थानमा रहेको छ ।

७९ दशमलव २५ अंकसहित इटहरी उपमहानगरपालिका छैंटौं स्थानमा रहँदा ७६ अंकसहित तुल्सीपुर सातौं स्थानमा रहेको छ ।
आठौं स्थानमा रहेको धरान उपमहानगरपालिकाले ७० दशमलव ७५ अंक प्राप्त गरेको छ भने नवौं स्थानमा रहेको नेपालगञ्ज उपमहानगरपालिकाले ६४ दशमलव ६५ अंक प्राप्त गरेको छ ।

यस्तै दशौं स्थानमा जितपुर सीमरा उपमहानगरपालिका रहेको छ । उक्त पालिकाले ६४ दशमलव ५० अंक प्राप्त गर्दा उपमहानगरपालिकामध्ये सबैभन्दा कमजोर जनकपुर उपमहानरपालिकाको देखिएको छ । जनकपूरले ५९ दशलमव ५० अंक पाएको छ ।

 
 
  
 

You may also like