रामेछापमा पहिरोले तीन घर बगायो : दुईको मृत्यु, आठ जना बेपत्ता

by समतल अनलाइन

रामेछाप । रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–३ लेकखर्कमा पहरोले पुरिँदा दुई जनाको ज्यान गएको छ । आठ जना बेपत्ता भएका छन् ।

शनिबार रातिदेखि परेको अविरल वर्षापछि वडा नम्बर २ र ३ को सीमाक्षेत्र भएर पहिरो खसेको र तीन वटा घर बगाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेश महतोले जानकारी दिए । ‘वडा नम्बर ३ र २ को सीमानामा पहिरो जाँदा ३ वटा घर बगेका छन् । केही घरहरूमा क्षति पुगेको छ । अहिलेसम्म दुईवटा शव निकालिएको जनाइएको छ । त्यसमा एक बालक छन् । आठ जनाको अवस्था अज्ञात छ ।

एक बालकले भागेर ज्यान जोगाएका रहेछन्, उनी पनि घाइते अवस्थामा छन्,’ महतोले भने । उनका अनुसार घटनास्थलमा सुरक्षाकर्मी परिचालन भइसकेका छन् । पहिरो गएको गाउँ जाने बाटो समेत वर्षाले क्षतिग्रस्त बनाएका कारण उद्धारमा समस्या भएको छ । पहिरोले वडा नम्बर २ र ३ जोड्ने ढाईगाउँ खोलाको पुल बगाएको छ । क्षतिको विस्तृत विवरण आइसकेको छैन ।

 
 
  
 

You may also like